अमेरिकाको राष्ट्रिय ऋण ३ सय खर्ब डलर माथि



एजेन्सी : अमेरिकाको राष्ट्रिय ऋण ३ सय खर्ब डलरभन्दा माथि पुगेको छ । अमेरिकी अर्थ मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार कुल सार्वजनिक ऋण ३ सय खर्ब डलरभन्दा माथि पुगेको हो ।

कोभिडबाट उत्पन्न संकट टार्नका लागि वासिङ्टनले आक्रामक रुपमा थप ऋण लिँदा राष्ट्रिय ऋणले सीमा पार गरेको हो । अमेरिकामा राष्ट्रिय ऋण २०१९ को अन्त्यदेखि ७० खर्ब डलरले बढेको जनाइएको छ ।

यद्यपि अमेरिकामा कति सम्मको ऋणलाई सीमा पार गरेको भनिने र यो कत्तिको ठूलो समस्या हो भन्ने विषयमा अर्थशास्त्रीहरू भने विभाजित छन् । यता, अमेरिकी केन्द्रीय बैंकले २०१५ देखिनै पहिलो दर वृद्धिको श्रृखंला ल्याउने योजना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्