प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बालुवाटारमा आज देउवा, प्रचण्ड, र नेपालबीच भएको भेटमा स्थानीय तह चुनाव, एमसिसी लगायत विषयमा छलफल भएको बताइएको छ ।

साथै भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए ।

निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्न मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ ।

स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो । पछिल्लो समय एमसिसी संसद्मा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्