मानवअधिकारकर्मी पद्मरत्न तुलाधरकाे उपचार क्रममा निधन



काठमाडौँ : मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए ।

 

पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । 

 

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

 

तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उनी २०६२/६३ को शान्ति प्रक्रियाका एक सहजकर्ता पनि थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्