४ जेठमा चुनाव गर्नै पर्छ : अध्यक्ष ओली



काठमाडौँ  : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ जेठमा चुनाव गर्नैपर्ने बताएका छन् । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले आयोगले सिफारिस गरेको मितिमा चुनाव गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको बताएका हुन् ।

सरकारमा रहेका पार्टी र तिनका नेताहरूले २०७९ चैत्रमा निर्वाचन गर्छौ भन्दै बकवास गरेको टिप्पणी गरेका छन् । साथै अध्यक्ष ओलीले २४ लाख कोरोना विरुद्धको खोप हराउनु सानो कुरा नभएको उल्लेख गर्दै खोप हरायो भन्नु हाँस्यास्पद र गम्भिर रहेको बताएका छन् ।

साथै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन सरकारलाई देशको चिन्ता नभएको भन्दै देशलाई ओरालो लगाएको टिप्पणी गरेका छन् । जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्