प्रधानमन्त्री देउवाको स्वकीय सह-सचिवमा कँडेल



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सह-सचिवमा चूडामणि कँडेल नियुक्त भएका छन् । बाँकेका कँडेलले प्रधानमन्त्रीको निजी सचिवालयमा काम गर्नेगरी जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको ६ महिनापछि सचिवालयलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो आईटी विज्ञका रूपमा दिपेश विष्ट र भाषण तथा मन्तव्य विज्ञका रुपमा किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्