प्रदेश सरकारले डेंगु उपचारका लागि ५० लाख छुट्यायाे



विराटनगर : सुनसरीको धरानमा देखा परेको डेंगु रोगको  उपचारका लागि १ नम्बर प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै डेंगु नियन्त्रणकालागि थप ३० लाख रुपैयाँ विनियोजना गरिएको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

डेंगुको प्रकोप बढ्दै गएपछि धरानको ८ र १५ नम्बर वडालाई डेंगु संकटग्रस्त क्षेत्र समेत घोषणा गरिएको छ । धरानमा अहिले करिक २ सय २० जना व्यक्ति डेंगुबाट प्रभावित रहेका जनाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्