सिन्धुपाल्चोकका पूर्वसांसद कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश



काठमाडौँ । नेकपा एमालेका नेता तथा सिन्धुपाल्चोकको पूर्वसांसद सुवास कर्माचार्य नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

बुधबार कर्माचार्य सहितका सिन्धुपाल्चोकका नेताहरुलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कर्माचार्य २०५६ देखि २०६६ सम्म नेकपा एमालेको सिन्धुपाल्चोक सचिव रहेका थिए । माधव नेपाल समूहका उनी एमाले विभाजन भएपछि एमालेमा नै बसेका थिए ।

उनले पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली सच्चिने आशामा एमालेमा बसेको बताए । उनले ओली नसच्चिने देखेपनि आफू समावजादीमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्