जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन



जनकपुरधाम : इन्धनमा भएको मूल्यवृद्धि विरुद्धमा जनकपुरधाममा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्रीको पुत्ला जलाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो । प्रदर्शनमा उत्रिएकाहरूले मूल्यवृद्धि फिर्ता गर, स्थानीय चुनावको मिति घोषणा गर भन्दै नारावाजी समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्