प्रधानमन्त्रीले प्रचण्ड र माधवलाई भने, ‘एमसीसीमा सुधार गर्नुपर्ने केही भए ल्याउनुस्’



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सुधार गर्नु पर्ने विषय भए आफूलाई उपलब्ध गराउन माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाललाई आग्रह गरेका छन् । बुधबार एमसीसीको विषयमा छलफल गर्ने क्रममा प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताद्वयलाई एमसीसीको विषयमा सुधार गर्नुपर्ने भए सुधार गर्नुपर्ने विषय आफूलाई उपलब्ध गराउन भनेको हो ।

एमसीसीको विषयमा छलफल गर्ने क्रममा अध्यक्षद्वय प्रचण्ड र नेपालले यथास्थितिमै एमसीसी पास गरेर जना नसकिने अडान राखेपछि प्रधानमन्त्रीले सुधार गर्नुपर्ने विषय आफूलाई टिपाउन आग्रह गरेको हो । प्रधानमन्त्री देउवा अहिले जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा रहेका छन् ।

बैठकमा छलफल भएको कुरा जानकारी गराउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरुसँग प्रधानमन्त्रीले एमसीसीको विषयमा सुधार गर्नुपर्ने विषय मागेको जानकारी दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्