एकीकृत समाजवादीले भन्यो-एमसीसी यथास्थितिमा पारित गर्नु हुँदैन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हीतमा नरहेको भन्दै यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा एमसीसीले उत्पन्न गरको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले बताए ।
त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकलाई लिएर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको चर्चा चलेको भन्दै एकीकृत समाजवादी सभामुखको पक्षमा रहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्