माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व



अर्घाखाँची । नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ। पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो।

अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली, शिव आचार्य र बाबुराम खनाल लाई चयन गरेको छ। त्यस्तै सचिवमा चेतन खनाल, सहसचिवमा कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो।

त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार समिति को समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्