सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा



काठमाडौं : बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे ।

साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे । अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्