महन्थलाई प्रधानमन्त्रीको आग्रह : एमसीसी पास गर्न सहयोग गर्नुस् 



काठमाडौँ : एमसीसी पास गर्ने कसरतमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका अध्ययक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा देउवाले एमसीसी पास गर्ने विषयमा सहयोग गर्न ठाकुरलाई आग्रह गरेका छन् ।

एमसीसी देशको हितमा रहेकाले संसदबाट पास गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने भन्दै यस्तो आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पास गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए । 

सो क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्