संशोधन नगरी एमसीसी पास हुँदैन : अध्यक्ष प्रचण्ड



काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश बैठकलाई भुर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी कुनै हालतमा  पास नहुने बताएका हुन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको भन्दै उनले त्यसरी कमजोर रुपमा गठबन्धन नबनाएको पनि बताएका छन् ।

यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहने अध्यक्ष प्रचण्डको दाबी छ । अध्यक्ष प्रचण्डले एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्