धनुषा प्रहरीद्वारा दुई लाख मूल्यभन्दा बढीका पटाका नष्ट



जनकपुरधाम : आइतबार जिल्ला प्रहरी कार्यालयले धनुषाले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका पटाका नष्ट गरेको छ ।

 

अवैध रुपमा नेपाल भित्र्याइएका त्यस्ता पटका प्रहरीले सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरको धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए । 

 

तिहार नजिकिएसँगै खुला सीमाको फाइदा उठाउँदै व्यापारीहरुले लुकाइछिपाई पटाकाजन्य वस्तु आयात गर्दै आएका छन् । साथै प्रहरीले त्यस्ता पटका नियन्त्रणमा लिई नष्ट गरिरहेको छ । प्रहरीले पटाका नियन्त्रणमा कडाइ गरिरहेको पनि एसपी थपलियाले बताए । 

प्रतिक्रिया दिनुहोस्