अनेरास्ववियुद्वारा प्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएको अनेरास्ववियुले आज काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाउन पर्ने माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले एमसीसीको पनि विरोध गरेका थिए ।

कलेज परिसरबाट नै पुतला जलाएर विद्यार्थी नेताहरु मूल सडकमा आएका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी परेको थियो । विद्यार्थी यूनियनको आन्दोलनका करण केही बेर जमल- रत्नपार्क हुँदै चल्ने सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्