भारतबाट दमकल बोलाएर जुत्ता कारखानामा लागेको आगो नियन्त्रण



काठमाडौँ । झापाको एउटा जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । मेचीनगर नगरपालिका–६ मा रहेको उक्त जुत्ता कारखानामा ११ बजेदेखि भीषण आगो लागिरहेको थियो ।

११ बजेदेखि लागेको आगो ५ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको स्थानमा १३ वटा दमकल पुगेका थिए । तीमध्ये ३ वटा भारतबाट बोलाइएका थिए ।

मेचीनगर नगरपालिकाको दमकल विग्रिएका कारण भद्रपुर र विर्तामोडबाट दमकल बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्