नोवेल कलेजले टेरेन काठमाडौँ विश्वविद्यालयको निर्देशन



काठमाडौँ । विवादको चर्चामा रहेको नोवेल मेडिकल कलेजले काठमाडौँ विश्वविद्यालयलाई समेत नटेर गरेको छ । कलेजलाई विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले दिएको गाइडलाइन अनुसार विद्यार्थी भर्ना लिएर पठनपाठनमा सहभागी गराउन भने पनि कलेजले मानेको छैन ।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त मेडिकल कलेजले सम्बन्धन दिएको विश्वविद्यालयको निर्देशन समेत नटेर गरेको छ । नोवेललाई काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले विद्यार्थी भर्ना गरि पठन–पाठन गराउन भन्दै माघ ११ मा पत्राचार गरेको थियो।

काठमाडौँ विश्वविद्यालयको पत्र सार्वजनिक भएपछि राजनीतिक दल निकटका विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम स्थगित गरेका थिए। तर, मेडिकल कलेजका विद्यार्थीहरुले भर्ना हुन पाउनु पर्ने र पढ्न पाउनुपर्ने माग भने अझै पुरा नभएको बताएका छन्।

हाल ७० जना विद्यार्थीमध्ये ३० जनालाई नोबेल मेडिकल कलेजले भर्ना नलिएको छैन । कलेजले विश्वविद्यालयको निर्देशन मान्ने बताएपनि व्यवहारमा त्यो कार्यन्वयन नगरेको विद्यार्थीहरुको आरोप छ । कलेजले जिल्ला प्रशासन कार्यालयलाई समेत अटेर गरेको विद्यार्थीहरुको आरोप छ ।

कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार बढी शुल्क बुझाउन भनेपनि विद्यार्थीहरुले मंसिर १९ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्