सुजाता कोइरालालाई रक्षा मन्त्री बनाउने प्रधानमन्त्री देउवाको तयारी



काठमाडौँ । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी गरेको छ । उनलाई पार्टी मन्त्री बनाउने करिब निश्चित भएको छ । कांग्रेसका अनुसार उनलाई प्रधानमन्त्री आफै मन्त्री बनाउन लागिरहेका छन् ।

प्रधानमन्त्रीले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन्। कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ। स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन। निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्