नेप्सेका सीईओमा कार्की नियुक्त



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियूक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई सीईओमा नियूक्त गरेको हो। माघ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्न गरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतका लागि परेका आवेदनमध्ये दोस्रो चरणमा ३ जना छनोट भएका थिए। कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भन्डारी छनोटमा परेका थिए। पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट सिफारिस समितिले तीन जनालाई छनोट गरेको थियो।

श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्