भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध



हुम्ला : हुम्लामा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ। नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ।

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न ढुवानीसमेत हिमपातका कारण बन्द भएको छ। यो हुम्लामा यस वर्ष दशौं पटक भएको हिमपात हो। हिमपातले अत्यधिक चिसो बढेको स्थानीयले बताएका छन्। हिमपातले सिमकोटलगायत बजार क्षेत्रमा चलपहल घटेको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्