टीकापुरका विद्यालय चार दिन बन्द गरिने



टीकापुर: कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिने भएको छ । अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्न लागिएको टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले बताए ।

गर्मीका कारण पठनपाठनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । रावलले भने, ‘अभिभावक तथा विद्यालय प्रशासनबाटै विद्यालय बन्द गर्नुपर्ने गुनासो आएपछि विद्यालय बन्द गरिएको हो ।’

टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी बन्द गर्ने निर्णय गरेको हो । टीकापुरमा ४३ डिग्रीसम्म तापक्रम पुगेपछि विद्यार्थी विद्यालयमै बेहोस हुने गरेका थिए । ३२ जेठमा गतेसम्म विद्यालय बन्द हुने नगर प्रमुख रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्