सुन आज तोलामा २ सय रुपैयाँले घट्यो



काठमाडौँ : नेपाली बजारमा आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मुल्य घटेको हो ।

चाँदी भने आज तोलामा ५ सय रुपैयाँले घटेको हो । मुल्य घटेसंगै आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैया र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्