काठमाडौँ महानगरका वडा सदस्यविरुद्ध २ लाखको भ्रष्टाचार मुद्धा दायर



काठमाडौँ : काठमाडौँ महानगरका वडा सदस्यविरुद्ध २ लाखको भ्रष्टाचार मुद्धा दायर भएको छ । १४ नम्बर वडा कार्यालयका वडासदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग २ लाख घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसबापतको रकम लिइसकेको अवस्थामा लियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट भ्रष्टाचार गरेको पुष्टि भएपछि महर्जनविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्