भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो



एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार भन्दा शुक्रबार १३ प्रतिशत कममा संक्रमण देखिएको हो ।

संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५ लाख ५५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, संक्रमण २ लाख ४६ हजार ३९४ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्