मोरङ हत्याकाण्डमा संलग्न ३ जना सार्वजनिक



काठमाडौं : प्रहरीले मोरङ हत्याकाण्डमा संलग्न ३ जनालाई सार्वजनिक गरेको छ। शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर अरोपीहरुलाई सार्वजनिक गरेको हो।

मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम रहेका छन्।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु श्रेष्ठ, चौधरी र लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न मध्येका सिराहाको सिराहा नगरपालिका–२१ घर भएका अनिल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको मोरङका एसपी जनार्दन जिसीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्