जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँको क्षति



झापा : झापाको मेचीनगरमा रहेको एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मेचीनगर नगरपालिका-६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजो आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो ।

११ वटा आगो निभाउने यन्त्र प्रयोग गरिएको प्रवक्ता पाठकले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्