प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट सुरु गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट सुरु गर्ने भएका छन् ।
सामान्यतया: नेपालका प्रधानमन्त्रीले भारतबाट विदेश भ्रमणको सुरुवात गर्ने भए पनि देउवाले पहिलो भ्रमण स्कटल्याण्डबाट गर्ने भएका हुन्।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो सहरमा जान लागेका हुन्।
प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा सहभागी हुनेछन्। उक्त सम्मेलनमा विश्वका धेरै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन्।
ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुनेछ।
नेपालले जलवायु परिवर्तनबाट परेको असरबारे आवाज उठाउने भएको छ।
देउवा पाँचौपटक असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री हुने वित्तिकै भारतले भ्रमणका लागि औपचारिक निम्तो दिने भए पनि अहिलेसम्म दिएको छैन।

प्रतिक्रिया दिनुहोस्