बैतडीका व्यापारी महराको हत्या भएको पुष्टि



धनगढी । बैतडीमा व्यापारी कमलसिंह महराको हत्या भएको पुष्टि भएको छ।
हत्याको आशंकामा प्रहरीले पक्राउ गरेकाहरूले महराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भइ स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए।
कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको थियो। घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले बाहीबार सात जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार अपराधीले बयानमा बुधबार राति सँगै रक्सी पिएको र विवादसँगै झडप हुँदा घटना भएको बताएका छन्।
महराको टाउकामा फलामे जिआई पाइपले हानेर हत्या गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्