कांग्रेस नेतात्रय निधि, सिंह र कोइरालाबीच महाधिवेशन केन्द्रित छलफल



काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफल भएको छ ।
महाराजगन्त्रस्थित कोइराला निवासमा शुक्रबार महामन्त्री कोइराला, उपसभापति निधि र पूर्वमहामन्त्री सिंह बीच भेटवार्ता भएको हो । यसअघि असार ७, ११ र १५ गते प िनेतात्रयबीच श्रृंखलावद्ध लञ्च मिटिङ भएको थियो । कोइरालाको आमन्त्रणमा निधि र सिंह उनकै निवासमा पुगेका थिए । नेतात्रयबीच महाधिवेशनमा एकता र सहमतिबाट अघि बढ्ने विषयमा छलफल भएको छ ।
यस्तै १४ औँ महाधिवेशनमा तीन जनाबीच कसरी सहकार्य र एकता गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
कोइराला, निधि र सिंहले सरकारलाई तत्काल पूर्णता दिएर जनतामा आशा जगाउने गरी सरकारका कामकारबाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उपसभापति निधि पार्टी सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह पनि सभापतिकै आकांक्षी हुन् ।

प्रतिक्रिया दिनुहोस्