अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु



दैलेख : अरिङ्गालको टोकाइबाट दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध​ ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए ।

समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्