राष्ट्र बैंकको आग्रह : डिजिटल कारोबार गर्दा सचेत र सजग रहनुस्



काठमाडौँ : राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा सचेत र सजग रहन आग्रह गरेको छ ।  नेपालमा बिद्यदुतिय कारोबारमा विकास भएसँगै जोखिम पनि भएको भन्दै यस्ता कारोबारमा सचेत र सजग रहन प्रयोगकर्तालाई राष्ट्र बैंकले आग्रह गरेको हो ।

बैंकले आज सूचना जारी गर्दै आफ्ना गोप्य तथा व्यक्तिगत विवरण अपरिचित तथा अनावश्यक व्यक्तिहरूलाई नदिन पनि आग्रह गरेको हो ।

पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरू बढेर गएको र गुनासाहरू समेत आइरहेको बैंकको भनाइ छ ।

यस किसिमको दुर्घटनाबाट बच्न आफ्नो  डिजिटल पोटल तथा एप्लिकेसनको पास बर्ड समेत समय समयमा परिवर्तन गर्न बैंकले सुल्झाएको छ ।

प्रतिक्रिया दिनुहोस्