कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने माओवादीको तयारी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ।

पार्टीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेपछि पार्टीभित्र असन्तुष्टि सुरु भएको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले मन्त्री बनाउनको लागि कार्चेनको नाम सिफारिस गरेको छ ।

गैरसांसद कार्चेनलाई मन्त्री बनाउन सिफारिस गरेपछि कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले सार्वजनिक रुपमा विरोध गरेका छन् । उनले विरोध गर्दै लेखेका छन्, ‘काँसी जानु कुतिको बाटो नसमाउनु’ भन्ने उखान माओवादीको संसदीय दलमा चरीतार्थ भएको बताए ।

उनले यो विषयमा निर्णय हुँदा सांसदहरुमाथि नैतिकताको प्रश्न उठ्ने भन्दै संसदीय दलमा छलफल गर्नु पर्ने बताएका छन् । उनले यस्तो निर्णय संघीयतालाई भ्रष्ट्रीकरण गर्ने भएको बताएका छन् । अरु सांसदको समेत पार्टीको यो विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्