चुरे संरक्षणबारे वन मन्त्री र मधेशी आयोगका अध्यक्षबीच छलफल



काठमाडौं । चुरे क्षेत्रलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा वन तथा वातावरण मन्त्री रामसहाय यादव र आज मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तबीत छलफल भएको छ ।
मन्त्रालयको कार्यालयमा शुक्रबार भएको छलफलमा आयोगका अध्यक्ष दत्तले दिन प्रतिदिन उत्खनन तथा दोहन हँुदै गरेको चुरे क्षेत्रलाई आवश्यक रणनीति बनाई यथाशीघ्र त्यस्ता कार्यहरुलाई रोक्न तथा त्यसको संरक्षण गर्न वन मन्त्रालयलाई प्रभावकारी भूमिका निर्वाह गरे आग्रह गरे ।साथै चुरे संरक्षण गर्न बनाइएका विभिन्न निकायहरुलाई प्रभावकारी बनाउन आवश्यक गुरुयोजना तथा बजेटको व्यवस्था मिलाउन समेत उनले आग्रह गरे ।
छलफलमा मन्त्री यादवले गुरुयोजना बनाएर चुरेलाई संरक्षण गर्न मन्त्रालयले प्रभावकारी कार्य गर्ने समेत प्रतिबद्धता व्यक्त जनाए ।

प्रतिक्रिया दिनुहोस्