धनगढी उडेको बुद्ध एयरको जहाज काठमाडौंमा आपतकालीन अवतरण



धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौं फिर्ता भएर आपतकालीन अवतरण गरेको छ ।
काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो ।
शनिबार बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्