चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते



 

 बेइजिङ :   ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तर–पश्चिममा १५ जनाको मृत्यु भएको छ ।

 

चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । लान्झाउ सूचना विभागकाअनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाकाबारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

 

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र वर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुकाअनुसार सन् २०१५ मामात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो ।

 

अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेको बताइएको छ ।

 रासस र एएफपी

प्रतिक्रिया दिनुहोस्