सिन्धुपाल्चोमा कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित बनेको छ । विवादले वडा निर्वाचन नै नटुंगिएपछि गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो ।
विवादकै कारण शनिबारलाई तय गरिएको गाउँ/नगर अधिवेशन हुन सकेन । चुनावको अघिल्लो दिन शुक्रबारमात्रै जिल्ला निर्वाचन अधिकृतले सूचना जारी गरेर अधिवेशन स्थगित भएको घोषणा गरेका थिए । प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ । तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ÷नगर अधिवेशन अनिश्चित बनेको हो । जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले वडा निर्वाचन नटुंगिएकाले गाउँ/नगर अधिवेशन स्थगित गर्नु परेको बताए ।
निरौलाका अनुसार जुगल गाउँपालिका–३, हेलम्बु गाउँपालिका–७ र सुनकोसी गाउँपालिका–३ को गाउँ अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ स्थानीय तहका एक सय तीन वडामा मंगलबार गाउँ अधिवेशन भएको थियो । उक्त दिन अधिकांश स्थानमा सर्वसम्मत र केही ठाउँमा मतदानद्वारा अधिवेशन सम्पन्न भए पनि तीन वडामा भने हुन सकेन । आन्तरिक विवादकै कारण ती वडामा अधिवेशन हुन नसकेको जिल्ला निर्वाचन अधिकृत निरौलाले जनाए ।

प्रतिक्रिया दिनुहोस्