धरानमा पौडेल पक्षको प्यानलै विजयी



इटहरी । नेपाली कांग्रेसको धरान उपमहानगरपालिकाको कार्यसमितिमा रामचन्द्र पौडेल समूह विजयी भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय गुटकै लाइनमा दुई सभापति शेरबहादुर देउवा र पौडेल पक्षको चुनावमा पौडेल पक्षले प्यानल जितेको छ । देउवाका टीमका शक्तिशाली नेता मानिने मीन विश्वकर्माको गृहनगरमा पौडेल पक्षको प्यानल बिजय भएको हो ।
धरानमा शनिबार भएको चुनावमा पौडेल पक्षका सभापतिका उम्मेदवार श्याम पोखरेलले देउवा पक्षका उम्मेदवार किशोर राईलाइ ३९ मतले पराजित गरेका हुन । पोखरेलले २६२ ल्याउदा राईले २२३ मत ल्याएका छन् ।
यस्तै उपसभापतिमा पोखरेल टीमकै प्रविण राई र सन्तोस लिम्बु विजयी भएका छन् । दुई सचिवमा पनि क्रमशः हिमाल श्रेष्ठ र जितेन्द्र राई पोखरेल टीमकै हुन । सहसचिवमा शिला बज्राचार्य र युनेश राना मगर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्