राहदानी र्कीते आरोपमा तीन जना पक्राउ



काठमाडौँ । राहदानी विभागले जारी गरेको अनलाइन फारम र्कीते गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुले राहदानी र्कीते गर्न प्रयोग गर्ने सामान सहित त्रिपुरेश्वरस्थित राहदानी विभाग हाता बाहिरबाट पक्राउ गरेको हो ।

उनीहरको साथबाट प्रहरीले कम्युटर, ल्यापटप, प्रिन्टर एक–एक थान तथा ४० हजार नगद र ५० थान र्कीते गरिएको कागज बरामद गरेका छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–७ सिन्धुपाल्चोक घर भई काठमाडौँको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, बेसीसहर गाउँपालिका–११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्