मूल्यवृद्धिको विरोधमा कैलालीमा युवा संघको प्रर्दशन



कैलाली । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा कैलालीमा राष्ट्रिय युवा संघले विरोध प्रर्दशन गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न दबाब दिन नाराबाजी सहित प्रर्दशन गरिएको हो ।
प्रदेश सभाबाट नाराबाजी सहित सुरु गरिएको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो ।
कोष सभालाई युवा संघ सुदूरपश्चिम प्रदेशका उपसचिव नवराज आचार्य, कैलालीका इन्चार्ज अरुण कुँवर, केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विनय शाह र कैलालीका अध्यक्ष गणेश महराले सम्बोधन गरेका थिए ।
उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका थिए । मूल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता ले, गठबन्धन सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्