हत्या अभियोगमा इतहरीका एक जना पक्राउ



सुनसरी : हत्या गरेको अभियोगमा प्रहरीले इतहरीका एक जनालाई पक्राउ गरेको छ । छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीसमेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्