सुनसरीमा बस र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, २७ जना घाइते



सुनसरी : पूर्व-पश्चिम राजमार्ग स्थित सुनसरीको भोकराहा नरसिंह गाउँपालिकामा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् ।

शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको थियो। प्रहरीका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाएपछि आगलागी भएको हो।

दुर्घटनामा परि घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्