आज अभिषेकको जन्मदिन, यी हुन् उनी बारेमा केही रोचक कुरा



एजेन्सी : बलिउडका सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको आज जन्मदिन। अमिताभका छोरा भए पनि उनका लागि फिल्म उद्योगको बाटो सहज थिएन। एकपछि अर्को फिल्म फ्लप भएपछि पनि अभिषेकले हार मानेनन् र अगाडि बढे ।

आखिर अभिषेक बलिउडमा आफ्नो छाप पार्न सफल भए। तपाईंहरूलाई थाहा नहुन सक्छ शताब्दीका मेगास्टार अमिताभ बच्चनका छोरा भए पनि अभिषेक बच्चन फिल्ममा आउनुअघि नै काम गर्थे ।

उनको जन्मदिनको अवसरमा उनको जीवनसँग सम्बन्धित केही रोचक कुराहरू जानौं।

अभिषेक बीमा एजेन्टको रूपमा काम गर्थे

बलिउडमा आउनुभन्दा पहिला अभिषेक बच्चन बलिउडमा एक इन्सुरेन्समा एजेन्टको रूपमा काम गर्थे । अभिनेता हुनुका साथै उनी राम्रो गायक पनि हुन् । उनले सन् २००५ मा रिलिज भएको ‘ब्लफमास्टर’ फिल्ममा एउटा गीत पनि गाएका थिए । यसबाहेक उनले र्‍याप पनि गाउँछन् ।

अभिषेकको पहिलो फिल्म नै फ्लप

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा डेब्यू गरेका थिए । तर, पहिलो फिल्म नै फ्लप भयो । त्यसपछि उनलाई फिल्ममा करियर बनाउन सजिलो भएन । चार वर्षसम्म उनले अभिनय गरेका अधिकांश फिल्म फ्लप नै भए । यति धेरै असफलता पाउँदा पनि अभिषेक आत्तिएनन् ।

उनले ‘युवा’ र ‘गुरु’जस्ता फिल्मबाट आफ्नो क्षमता प्रमाणित गरे। हालै रिलिज भएको उनको फिल्म ‘द बिगबुल’ मा अभिषेकमा आएको परिवर्तन देखेर मानिसहरू छक्क परेका थिए।

जन्मदर्तामा लेखिएको नाम

अभिषेक बच्चनको जन्मदर्तामा उनको नाम निकै रोचक छ। उनको नाम जन्मदर्तामा ‘बाबा बच्चन’ लेखिएको छ। उनको बाल्यकालको अर्को किस्सा के छ भने अभिषेक सानो हुँदा एक डान्स स्टेप गर्थे। चलचित्र डनको ‘खै के पान बनारसवाला’ गीतमा पनि यस्तै डान्स स्टेप लिइएको बताइन्छ।

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने ऐश्वर्या राय र अभिषेक बच्चनलाई बलिउडमा आदर्श जोडी मानिन्छ। ऐश्वर्या सधैं हिट अभिनेत्री रहेकी छन्, तर पनि उनीहरूको सम्बन्धमा दरार आएको छैन । अभिषेक र ऐश्वर्या सन् २००७ मा विवाह बन्धनमा बाँधिएका थिए । अभिषेकको करिअर उतारचढावले भरिएको भए पनि व्यक्तिगत जीवनमा भने अभिषेक खुसीको जीवन बिताइरहेका छन्। उनीहरूको सन्तानको रूपमा छोरी आराध्या बच्चन छिन् ।

प्रतिक्रिया दिनुहोस्