मलामीबाट फर्कंदै गरेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु, ६ गम्भीर



 

 कन्चनपुर :   कन्चनपुरको बेदकोट नगरपालिका–८, काङ्ला पुलनजिकै एक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बेदकोट नगरपालिका–४ का ३५ वर्षीय राजेन्द्र नागरी र सोही ठाउँका ३२ वर्षीय प्रेमसिंह धामी छन् ।

 

आइतबार मलामी गएर महाकाली नदीबाट फर्कंदै गरेको से १ त ५४२२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आएको म १च ३११ नम्बरको गाडीले ‘ओभरटेक’ गर्नेक्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कन्चनपुर र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

ट्याक्टरलाई ठक्कर दिने गाडीका चालक प्रेमसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टरमा १५ जना सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्