साफ खेल्ने नेपाली टिमको घोषणा, विकेश परेनन्!



नेपालले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि टिमको घोषणा गरेको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार साफका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन्।

साफको तयारीका लागि कतारमा रहेका नेपाली टिमबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन असफल भएका छन्।

नेपाली टोलीले आज ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि टोली सोमबार सिधै माल्दिभ्स प्रस्थान गर्ने छन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :

किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

प्रतिक्रिया दिनुहोस्