पुनर्निर्माणको अभावमा टेकोमा अडिएको पाटनको बस्ती (फोटोफिचर)



काठमाडौं : ०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो। बस्ती बस्तीमा नयाँनयाँ घर बने। तर, ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्ष पछि पनि अझै टेकोमा अडिएको छ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको टेको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ।

सरकारले भूकम्प पछिको पुनस्निर्माणको लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो। यसरी लगाइएका टेकाहरू किन हट्न सकेनन् ? टेका लगाइएका घरहरूको पुनःनिर्माण किन भएन रु खोज्नुपर्ने विषय छ।

 

प्रतिक्रिया दिनुहोस्