यस्तो देखियो आलिया भट्ट अभिनित ‘गंगुबाई कठियाबाडी’को ट्रेलर



एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्म ‘गंगुबाई कठियाबाडी’को ट्रेलर सार्वजनिक भएको छ । भारतीय निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको निर्देशन तथा निर्माणमा बनेको फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो।

फिल्म हुसैन जैदीले लेखेको पुस्तक ‘द माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेको छ। फिल्ममा आलियासँगै अजय देवगण र विजय राज मुख्य भूमिकामा रहेका छन् । फिल्ममा मुख्य भूमिकामा आलिया देखिएकी छिन्। उनी गंगुबाई कठियाबाडीको भूमिकामा देखिएकी छिन् ।

यो फिल्ममार्फत पहिलोपटक अभिनेता विजय राज महिलाको भूमिकामा देखिएका छन् । उनी फिल्ममा रजिया बाईको भूमिकामा देखिँदैछन् ।आलियाले गंगुबाईको फरक-फरक उमेरको भूमिका निभाएकी छिन् । वेश्यावृत्तिदेखि माफिया क्वीन हुँदासम्मको यात्रामा गंगुबाईको कथा फिल्ममा देखाइएको छ ।

त्यस्तै, फिल्ममा अजय देवगण करिम लालाको भूमिकामा देखिएका छन् । करिम लाला मुम्बईका तीन डनहरुमध्येका एक हुन्छन् । ट्रेलरमा देखाइएअनुसार फिल्ममा अजयको भूमिका आलियाको सहयोगीका रुपमा छ । फिल्म २५ फेब्रुअरीमा सिनेमा हलमा प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्