अरुण नदी किनारमा बेवारिसे शव फेला



धनकुटा : अरुण नदी किनारमा वेवारिसे शव फेला परेको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको बेवारिसे शव शुक्रबार फेला परेको हो ।

अन्दाजी ४० देखि ४५ वर्षीय पुरुषको शव फेला परेको धनकुटा प्रहरीले जनाएको छ । गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई अन्दाजी ५.५ इन्च भएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालस्थित शव गृहमा राखिएको छ । नदीमा तैरिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्