एमाले मधेस प्रदेश सम्पर्क कमिटीको सदस्यमा शिवाकोटी सर्वसम्मत



जनकपुरधाम : नेकपा (एमाले) को मधेस प्रदेश सम्पर्क कमिटीको सदस्यमा सबभन्दा कान्छी प्रदेश सदस्य कलाकार रचना शिवाकोटी सर्वसम्मत निर्वाचित भएका छिन् । प्रमुख अतिथि स्थायी कमिटी सदस्य लालबाबु पण्डितको उपस्थितमा शुक्रबार सम्पन्न मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनले कलाकार रचना शिवाकोटीलाई सर्वसम्मत सदस्यमा चुनेको हो ।

विज्ञानमा प्रविणता प्रमाणपत्र र समाजशास्त्र दोस्रो वर्षमा अध्ययनरत कलाकार शिवाकोटी नृत्य र अभिनयमा दक्ष मानिन्छ । पार्टीको विभिन्न सभा सम्मेलनमा आफ्नो प्रस्तुति देखाई सकेकी शिवाकोटी केही भिडियोहरुमा समेत आफ्नो प्रस्तुति देखाई सकेकी छिन् ।

भर्खर २० वर्षमा प्रवेश गरेकी शिवाकोटी विद्यार्थी जीवनदेखि नै राजनीतिमा निरन्तर सक्रिय रहेका शिवाकोटी पूर्वमन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र उनको स्वकीय सचिव विजय यादव निर्विज र प्रभु साहको राजनैतिक सल्लाहकार युवा नेता चन्द्र भुषण साहको नजिक भएर काम गर्दा गर्दै राजनीतिमा झन सक्रिय भएकी हुन् । मधेश प्रदेश सम्पर्क समन्वय कमिटीको अध्यक्षमा जाकिर हुसेन सहित ४५ जाना सदस्यले सर्वसम्मत निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्