उदयपुरमा वन अधिकृत घुससहित पक्राउ



उदयपुर : उदयपुरमा सहायक वन अधिकृत घुस लिएको रकमसहित पक्राउ परेका छन् । जिल्लाको नेपालटारस्थित सव डिभिजन वन कार्यालयका अधिकृत सत्यनारायण शाह रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सब डिभिजन वन कार्यालय नेपालटार, उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्य नारायण साह रौनीयारले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत गरी काठको टुनाको घाटगद्दी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।

सोही सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई त्रियुगा नगरपालिका वडा नं.१२ स्थित सम्पर्क कार्यालयबाटे नियन्त्रणमा लिएको हो । रौनियारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयका तरुण कुमार कर्णले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्